साहित्य संसार

 

कविता- मलाई सिंहदरवार छिर्नु छैन


तिमीहरु आफु आफु लड, बीचमा मलाई नपार
मलाई भोज खानु छैन,सिंहदरबार छिर्नु छैन

तिमीहरुको लडाईंले मेरो धान बारी मासिन्छ
मेरो ढाड,करङ,पाउ पाखुरा भाचिन्छ
जीत्छौ तिमीहरु,फाईदा जती तिमीहरुलाई
म सँग टेक्ने बैसाकी हुन्न, गूड्ने व्हिल चेयर हुन्न
तिमीहरु मह्ङो गाडी चड्छौ, ठुल्ठुला महलमा बस्छौ
फेरी पनि मेरै नाम बेची डलरको खेती गर्छौ

तिमीहरु आफु आफु लड, बीचमा मलाई नपार
मलाई भोज खानु छैन,सिंहदरबार छिर्नु छैन
मलाई बिचमा पारेर न मार
तिमीहरुको लडाईंले मलाई अफ्ठ्यारो नपार

यो पेज केवल  तपाईंहरुको  लागि हो। यदी तपाईंहरु  सँग कुनै पनि किसिमको  साहित्यिक कृतिहरु छन भने हामीलाई यस (dumarwanafamily@gamil.com)  मा पठाउनुहोस् । हामी www.binodgiri.blogspot.com मा  प्रकाशित गर्ने छौ ।       

No comments:

Post a Comment